Logo

ऋषि कपुरलाई सम्झदै नितुले लेखिन् ‘तिमी मेरै साथमा छौ’



एजेन्सी, २८ कात्तिक । एक समयकी चर्चित अभिनेत्री नीतु कपुर सामाजिक सञ्जालमा धेरै सक्रिय छिन् । उनले प्रायजसो तस्वीर र भिडियो सेयर गरिरहन्छिन् । धेरै समयपछि उनले एउटा फोटो सेयर गरेकी छिन्, जसमा उनको साथमा अभिनेता वरुण धमल, अनिक कपुर र कियारा अडवाणी पनि रहेका छन् । यो फोटोको साथमा उनले फ्यानहरुलाई सरप्राइज पनि दिएकी छिन् ।

नीतुले आफ्नो इन्स्टाग्राममा सेयर गर्दै आफु डराइरहेको पहिलो यात्रा भएको लेखेकी छिन् । पति ऋषि कपुरलाई सम्झदै आफु नर्वस भएको र तिमी मेरो साथमा छौ भन्दै आफैलाई हौसला दिएकी छिन् ।

हाल नीतु फिल्म ‘जुग जुग जियो’को सुर्टिङको लागि चडीगढको रवाना पुगेकी छिन् । यस फिल्मलाई राज मेहताले निर्देशन गर्दैछन् भने नयाँ अभिनेता प्रजाक्ता कोली बलिउड प्रवेश गर्दैछन् ।३० अप्रिलमा ऋषि कपुरको क्यान्सरको कारण निधन भएको थियो । उनी २ वर्षदेखि क्यान्सरको बिरामी थिए । उनको उपचार अमेरिकामा भएको थियो ।



प्रतिक्रिया दिनुहोस्