Logo

कैलालीमा थप एक जना कोरोना संक्रमितको मृत्यु



कैलाली, कार्तिक २९ । धनगढीमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । धनगढी उप–महानगरपालिकाको वडा नम्बर १६ का ४० वर्षीय पुरुषको शनिबार मृत्यु भएको हो ।

सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार ब्लड क्यान्सर पिडीत पुरुषको कोभिड अस्थायी अस्पतालमा उपचारको क्रममा आज विहान मृत्यु भएको हो ।

कार्तिक २२ गते कोरोना पोजिटिभ देखिएपछि उनको २३ गतेदेखि कोभिड अस्थायी अस्पतालमा उपचार भईरहेको थियो । यो सँगै प्रदेशमा कोरोना संक्रमित मृतकको संख्या ४४ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्