Logo

२४ घन्टामा देशभर १९ सय ४५ संक्रमित थप



काठमाडौं, ५ मंसिर । नेपालमा कोरोना भाइरसका आज १९ सय ४५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ५ हजार ३ सय ६४ जना संक्रमणमुक्त भएका छन् । आजसम्म १ लाख ९१ हजार २  जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्