Logo

यूरोपमा कोरोना कहर भयावह बनेसँगै आइसियू भरिए



काठमाडौं, ७ मंसिर । विश्वभर कोरोना भाइरसको संक्रमण अनियन्त्रित तरिकाले बढ्न थालेको छ । चीसो बढेसँगै यूरोपका देशहरुमा अवस्था भयावह बनेको छ । फ्रान्स, बेलायत, जर्मनी, इटालीलगायतका देशहरुमा संक्रमित र मृतक संख्या ह्वात्तै बढेको छ ।

संक्रमित बढेसँगै आइसियू र भ्यान्टिलेटर भरिन थालेका छन् । यूरोपको धनी मुलुक जर्मनीमा समेत आइसियू भरिएको छ । फ्रान्समा अवस्था भयावह बनेको छ । त्यहाँ पनि अस्पतालहरु भरिन थालेका छन् । बेलायतमा पनि अस्पताल भरिन थालेको खबर छ । इटालीमा अवस्था फेरि भयावह बन्दैछ ।

यूरोपका देशहरुले संक्रमित र मृतक संख्यामा अन्य देशहरुलाई धमाधम उछिन्न थालेका छन् । फ्रान्समा २१ लाख संक्रमित संख्यामध्ये ४८ हजारको मृत्यु भइसकेको छ । त्यहाँ लकडाउन छ ।

बितेको २४ घन्टाभित्र रुसमा २० लाख ६४ हजार संक्रमितमध्ये ३५ हजार ७ सयको मृत्यु भएको छ । स्पेनमा १५ लाख ८९ हजार संक्रमितमध्ये ४२ हजारको मृत्यु भइसकेको छ । बेलायतमा १४ लाख ९३ हजार कोरोना संक्रमितमध्ये ५४ हजार ६ सयको मृत्यु भएको छ । इटालीमा १३ लाख ८० हजार संक्रमितमध्ये ४९ हजारको मृत्यु भएको छ ।

बितेको २४ घन्टाभित्र विश्वभर पाँच लाख कोरोना भाइरसको संक्रमित संख्या वृद्धि भएको छ । पछिल्लो तथ्यांक अनुसार विश्वभर ५ करोड ८४ लाख संक्रमित संख्या पुगेको छ ।

बितेको २४ घन्टाभित्र ९ हजारको संक्रमणबाट मृत्यु भएको छ । पछिल्लो तथ्यांक अनुसार १३ लाख ८६ हजार ३ सय ३४ को मृत्यु भएको छ । विश्वभर ४ करोड ४ लाख कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । एक करोड ६६ लाख सक्रिय संक्रमित छन् ।

अमेरिकामा संक्रमित र मृतकको संख्या ह्वात्तै बढेको छ । अमेरिकामा एक करोड २४ लाख कोरोना संक्रमित भइसकेका छन् । जसमध्ये २ लाख ६१ हजारको मृत्यु भइसकेको छ ।

भारतमा ९० लाख संक्रमितमध्ये एक लाख ३३ हजारको मृत्यु भइसकेको छ । ब्राजिलमा ६० लाख संक्रमितमध्ये एक लाख ६९ हजारको मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस्