एजेन्सी, ८ मंसिर । कोरोना भाइरसविरुद्ध अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको भ्याक्सिन अति प्रभावकारी रहेको निष्कर्ष निकालिएको छ । परीक्षणले भ्याक्सिन कोभिड १९ को लक्षण विकासलाई रोक्न प्रभावकारी भएको निष्कर्ष निकालिएको हो ।
पछिल्लो तथ्यांकले भ्याक्सिन ७० प्रतिशत सुरक्षामा प्रभावकारी हुने देखिएको छ । तर, रिसर्चरहरुले यो ९० प्रतिशत प्रभावकारी हुने दाबी गरेका छन् ।
अक्सफोर्ड भ्याक्सिन सस्तो र भण्डारण गर्न पनि सहज मानिएको छ । यो अमेरिका र यूरोपबाहिरका देशहरुमा पनि पहुँच हुनसक्ने भ्याक्सिन मानिएको छ ।
यसअघि अमेरिकी कम्पनि फाइजर र मोर्डनाले विकास गरेको भ्याक्सिन ९५ प्रतिशतसम्म प्रभावकारी रहेको दाबी गरिएको छ । ती भ्याक्सिनको तुलनामा अक्सफोर्ड भ्याक्सिन कम प्रभावकारी देखिएको छ ।