Logo

२४ घन्टामा २३ जनाको मृत्यु, १७ सय ३ नयाँ संक्रमित थप



काठमाडौं, १२ मंसिर । नेपालमा कोरोना भाइरसका आज  १७ सय ३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १ हजार २ सय ३६ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ९ हजार ४ सय ३५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । आज २४ घन्टामा २३ जनाको मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस्