Logo

२४ घन्टामा १ हजार १४ जनामा संक्रमण पुष्टि



काठमाडौं, २२ मंसिर । नेपालमा कोरोना भाइरसका आज  १ हजार १४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ४१ हजार ९ सय ९५ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १ हजार ६ सय २८ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख २७ हजार ४ सय ३३ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्