बिरुवाले मासु खान्छ, भन्ने कुराको हामी कल्पना पनि गर्न सक्दैनौ । तर हाम्रो वातावरणमा केही यस्ता बिरुवाहरु पाइन्छन जसले आफ्नो खानाको रुपमा स–साना किराहरु जस्तैः कमिला, मौरी, झिङ्गा, भुसुना, रातमा उड्ने पुतली, गोब्रकिरा, प्रोटोजोन्स् आदि खान्छन् ।
सर्वप्रथम सन् १८७५ मा चाल्र्स डार्विनले इन्सेक्टिभोरोस प्लान्ट्स् नामक किताबमा मांसाहारी बिरुवाको बारेमा लेखेका थिए । करिब ६०० प्रजातीका मांसाहारी बिरुवाहरु हाम्रो वातावरणमा पाइन्छन् । मांसाहारी बिरुवा ओसिलो, अम्लियपना भएको, नाइट्रोजन नभएको माटोमा र प्रकाश संश्लेषण नहुने ठाउमा पाइन्छ ।
यस्तो बिरुवा अन्र्टाटिका र प्रशान्तका टापुहरुमा बाहेक अन्य सबै ठाउँहरुमा पाइन्छन् । भेनस फ्लाइट्राप, वाटरह्विल, ड्रोसेरा, सेफालोटस, कोब्रा लिलि, सन पिचर, बटरवर्ट, ब्लाडरवर्ट, क्याटोप्सिस् आदि बिरुवाहरु मांसाहारी बिरुवाका उदाहरण हुन् । एजेन्सीको सहयोगमा