Logo

कमानसिंहकी पत्नी इन्द्रमायाले ‘पतिबाट कुटपिट’ को खुलासा गर्दै भनिन् ‘नारायणकाजी श्रेष्ठ राजनीतिक अभिभावक’ (विज्ञप्तिसहित)



काठमाडौं, २६ मंसिर । पूर्व राजदूत कमानसिंह लामाकी पत्नी इन्द्रमाया तामाङले पतिले पैसाको लागि विभिन्न बहानामा कुटपिट गर्ने गरेको खुलासा गरेकी छिन् । उनले आफूलाई तनाव दिने, कुट्ने पिट्ने र मानसिक यातना दिने गरेको खुलासा गरेकी हुन् ।

कमानसिंहले मृत्युपूर्व सामाजिक सञ्जालमा आफूविरुद्ध विवादास्पद विषय लेखेपछि मिडियामा आएका कतिपय खबरप्रति प्रश्न उठाउँदै इन्द्रमायाले लेखेकी छिन्, ‘मेरो श्रीमानले पटक पटक मलाई पैसाको लागि विभिन्न बहाना बनाई तनाव दिने, उहाँले भनेजति रकम नदिए कुट्ने, पिट्ने र मानसिक यातना दिनेदेखि विभिन्न लान्छना लगाउने काम समेत गर्नुभयो ।’ उनले आफूलाई नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठसँग जोडेर अर्नगल प्रचार गरिएको भन्दै उनलाई राजनीतिक अभिभावक भनेकी छिन् ।

श्रेष्ठको आर्थिक लेनदेनसँग कुनै सम्बन्ध नरहेको र सहयोग मात्र गरेको इन्द्रमायाको भनाई छ । उनले लेखेकी छिन्, ‘उहाँ हाम्रो यो आर्थिक विषयमा न हिजो संलग्न हुनुहुन्थ्यो, न आज संलग्न हुनुहुन्छ ।’ आर्थिक लेनदेनको विषय याम्बलिङ हाइड्रोपावर प्रा.लिं नै डुब्ने खतरा भएपछि सुसन कर्माचार्य र अन्य साथीहरुलाई अनुरोध गरेर बचाइएको समेत उल्लेख गरेकी छिन् । यसका लागि नारायणकाजी श्रेष्ठलाई पनि जानकारी गराएको बताएकी छिन् ।

नारायणकाजीप्रति संकेत गर्दै बाबुरामले लेखेः कमानसिंह लामाले आफ्नै नेताबारे लेखेको कुरा निकै गम्भीर

बिहिबार निधन भएका नेकपा केन्द्रीय सदस्य समेत रहेका लामाको फेसबुक स्टाटसले लेनदेन र व्यक्तिगत विषय समेत उल्लेख भएपछि तरंग आएको छ । लेनदेनको अडियो भिडियो पनि बाहिर आएको छ । यसमा जोड्न खोजेको भन्दै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूविरुद्ध षड्यन्त्र भएको बताएका छन् ।

कमानसिंहसँग लेनदेन विवाद खुलेपछि इश्वर पोखरेलको नारायणकाजीमाथि कटाक्ष

नारायणकाजीसँग कमानसिंहको लेनदेन विवादको खुलासा (अडियो भिडियो)

कमानसिंहले पत्नीलाई किन लेखेः म मरे मेरो काजक्रियामा सामेल नहुनु !!!(पत्रसहित)

 



प्रतिक्रिया दिनुहोस्