Logo

शनिबार ८ सय ९९ कोरोना संक्रमित थप



काठमाडौं, २७ मंसिर । नेपालमा कोरोना भाइरसका आज  ८ सय ९९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ४७ हजार ५ सय ९३ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १ हजार ३ सय ५९ जना संक्रमणमुक्त भएका छन् । आज सम्म २ लाख ३४ हजार २ सय ३१ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्