Logo

धादिङमा ५० केजी लागुऔषधसहित एक व्यक्ति पक्राउ



मंसिर २९, काठमाण्डौ । धादिङको गल्छी गाउँपालिका ८ बस्ने दिपक मगर पोल्याण्ड र चरेस गरी ५० केजीसहित पक्राउ परेका छन् । उक्त लागुऔषध विक्री गर्ने तयारी गरिरहेको अवस्थामा सशस्त्र प्रहरीको विशेष इन्टेलिजेन्स ब्यूरोले मगरलाई पक्राउ गरेको हो ।

लागुऔषधसँगै एउटा मोटरसाइकल र एउटा मोबाइल पनि बरामद गरेको ब्यूरोले जानकारी दिएको छ ।

पक्राउपछि मगरलाई धादिङ जिल्लाको नेपाल प्रहरीलाई जिम्मा लगाइएको छ ।



प्रतिक्रिया दिनुहोस्