Logo

अख्तियार पूर्व प्रमुख आयुक्त बस्न्यातलाई थुनामा राख्न विशेष अदालतको आदेश



काठमाडौं, २८ मंसिर । भ्रष्टाचारको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई विशेष अदालतले पुर्पक्ष थुनामा राख्न आदेश दिएको छ । बस्न्यातलाई ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा बनाएर भ्रष्टाचार गरेको अभियोगमा आज (आइतबार) अदालतमा उपस्थित गराएर ४ घन्टा बयान लिएपछि पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको जनाईएको छ । न्यायाधीशहरु प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले बस्न्यातलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेक हुन् । FILE PHOTO/ReportersNepal



प्रतिक्रिया दिनुहोस्