Logo

जनतालाई कोरोनाबाट जोगाउन खटिएका ९ सुरक्षाकर्मी आफैले ज्यान गुमाए



काठमाडौं, २९ मंसिर । जनतालाई कोरोना संक्रमणबाट जोगाउन फ्रन्टलाइनमा खटिएका केही सुरक्षाकर्मी आफैंले कोरोनाका कारण ज्यान गुमाएका छन् । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका नौ कर्मचारीको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

सशस्त्र प्रहरीका चार, नेपाल प्रहरीका तीन र नेपाली सेनाका दुई जनाले ज्यान गुमाएका छन् । तीन वटा सुरक्षा निकायमा करिब १४ जना संक्रमित भएका छन् ।

सरकारले सुरक्षाकर्मीलाई समेत जोखिम भत्ता दिने बताएपनि अहिलेसम्म दिएको छैन । तर, पनि महामारी नियन्त्रणमा उनीहरु दिनरात खटिएका छन् ।-दृष्टिबाट/File Photo



प्रतिक्रिया दिनुहोस्