Logo

चरेशको पछि किन लाग्यो सशस्त्र प्रहरी ?



काठमाडौं, ३० मंसिर । सशस्त्र प्रहरी बलले शनिबार धादिङमा ५० केजी चरेश बरामद ग¥यो । चेकिङको क्रममा चरेश बरामद भएको होइन, ग्राहक बनेर सशस्त्र प्रहरीले चरेश बरामद गरेको थियो ।

सशस्त्र प्रहरीको मुख्यालयस्थित बिशेष इन्टेलिजेन्स ब्यूरोबाट सादा पोशाकमा खटिएको टोलीले धादिङको गल्छीबाट एक युवकलाई पक्राउ गरेको हो । यो घटनाले गृह मन्त्रालयमा समेत चर्चा भएको छ । किनकि, सशस्त्रको इन्टेलिजेन्स ब्यूरोले यसरी ग्राहक बनेर केही समययता नियमित रुपमा लागुऔषध बरामद गर्दै आएको छ । जून सशस्त्र प्रहरी बलको अधिकार क्षेत्र हो कि होइन भन्ने प्रश्न समेत उठेको छ ।

यसअघि कात्तिक ५ गते ललितपुरको गोदावरीबाट चार जनालाई लागुऔषधसहित पक्राउ गरेको थियो । त्यस्तै भदौ २७ गते स्वयम्भुबाट १० किलो चरेशससहित सागर लामा र सुबर्ण पौडेललाई पक्राउ गरेको थियो । यअसघि ब्यूरोले कात्तिकमै विप्लव माओवादीका केही कार्यकर्तालाई बागबजारबाट समेत पक्राउ गरेको थियो ।

यी घटनाले सशस्त्र प्रहरी अपराध अनुसन्धान खटिन लालायित देखिएको छ । तर, सरकारले उसलाई त्यससम्बन्धि अधिकार दिएको छैन ।

डिउटीमा खटिदा शंकास्पद व्यक्तिहरुलाई पक्राउ गरेर बुझाउने जिम्मेवारी भए पनि ब्यूरो नै गठन गरी ग्राहक बनेर अपराधी पक्राउ गर्ने सशस्त्र प्रहरीको पछिल्लो गतिविधिले नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच कार्यक्षेत्रको विवाद आउनसक्ने जोखिम पनि देखिएको छ । यसअघि पक्राउ पूर्जीको विषयमा सशस्त्र र नेपाल प्रहरीबीच लामो समय विवाद भएको थियो । सशस्त्र प्रहरीका पछिल्ला अप्रेसनले यस्तै जोखिम बढेको छ ।-दृष्टिबाट/File Photo



प्रतिक्रिया दिनुहोस्