Logo

गृहमा अर्काे दुरुपयोग



काठमाडौं, ३० मंसिर । गृहमन्त्री रामबहादुर थापा बादलले आफ्नो सफलतामा सुरक्षाकर्मीको दुरुपयोग नियन्त्रणलाई प्राथमिकताका साथ राख्ने गरेका छन् । तर वास्तविकता के छ भने मन्त्रालयबाटै सुरक्षाकर्मीको दुरुपयोग बढ्दै गएको छ ।
यसअघि नै नेपाल प्रहरी र सशस्त्रका ४० भन्दा धेरै चालक तथा सहयोगीलाई गृहमा काजमा खटाइएको छ । गृहमा चालक नभएर राखिएको होइन गृहका चालक भन्दा प्रहरीले सम्मान गर्ने भएकाले त्यसरी दुरुपयोग गरिएको छ । प्रहरीको स्यालुट खानका लागि यसरी चालकको सुरक्षाकर्मीको गृह मन्त्रालयबाटै दुरुपयोग हुँदै आएको छ ।

सुधारको कुरा गरिरहेको गृहले थप ६ जना चालक पठाउन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको स्रोत बताउँछ । प्रहरी समायोजन सचिवालयका लागि भनेर यसरी थप चालक मागिएको छ । तर, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री यति कमजोर भइसकेका छन् कि, पहिले नै मन्त्रालय लगिएका चालकलाई खटाउनुपर्छ भनेर अडान समेत राख्न सक्दैनन् ।

उपसचिवहरुले गाडीको सुविधा नै पाउँदैनन् । तर, गृहमा भने सबै जसो उपसचिवले गाडी र चालकको समेत सुविधा प्रयोग गर्दै आएका छन् । इन्धनमा त ठूलो हिनामिना रहेको स्रोत बताउँछ । गृहमन्त्रीका सचिवालयका व्यक्तिले आफ्ना आफन्तहरुलाई समेत गृहको इन्धनको कुपन बाड्ने गरेका छन् । गृहका केही गाडी र चालक अवकाशप्राप्त उच्च अधिकारीले फिर्ता समेत नगरेको स्रोत बताउँछ ।-दृष्टिबाट/File Photo



प्रतिक्रिया दिनुहोस्