Logo

आज ९ सय ३६ जनामा संक्रमण पुष्टि



काठमाडौं, ३० मंसिर । नेपालमा कोरोना भाइरसका आज ९  सय ३६  जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख  ५० हजार १ सय ८० पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १९ सय ९६ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ३८ हजार ५ सय ६९ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्