Logo

आज ७७६ संक्रमित थपिएसँगै कुलसंक्रमितको सख्या २ लाख ५१ हजार नाघ्यो



काठमाडौं, २ पुुस । नेपालमा कोरोना भाइरसका आज ७ सय ७६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ५१ हजार ६ सय ९२ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ९ सय ४७ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ४० हजार ३ सय ६३ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्