काठमाडौं, ६ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आफू पक्षीय बिघटित प्रतिनिधिसभाका सांसदहरुको भेला राखे । उक्त भेलामा पूर्व माओवादी नेता लेखराज भट्ट अगाडिको लहरमा थिए । उक्त लहरमा नेकपा महासचिव विष्णु पौडेल, सचिवालय सदस्य इश्वर पोखरेल र पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ बसेका थिए । तर, गृहमन्त्री समेत रहेका सचिवालय सदस्य बादल अनुपस्थित भए ।
यी हुन् ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने ९० सांसद (नामसहित)
ओलीनिकट बिघटित प्रतिनिधिसभाको सांसद भेलामा को को गए
बादलका लागि राखिएको सिटमा लेखराज भट्टलाई राखियो । बादल भेलामा अनुपस्थित मात्र भएनन् पुल्चोकस्थित मन्त्री क्वार्टरमा आफ्नो गुटको अलग्गै भेला राखे ।
बादलले राखेको भेलामा हितमान शाक्य, लेखनाथ न्यौपाने, मनोज थापा, सूर्यप्रकाश सुवेदी, अमृता थापा, सुरेश आलेमगर, महेश्वर दाहाल, युवराज भट्टराई, सावित्रीकुमार काफ्ले, दिलिप प्रजापतिलगायत सहभागी भए । भेलामा बादललाई प्रधानमन्त्री ओलीले चालेको कदम असंवैधानिक भन्दै त्यसको पछाडि नलाग्न दबाब परेको बुझिएको छ ।-फाइल तस्बिर