Logo

ओलीलाई हटाएर माधव नेपाललाई अध्यक्ष बनाइँदै



काठमाडौं, ७ पौष । नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद निर्णायक मोडमा पुगिरहँदा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रचण्ड पक्षले कारबाही गर्ने भएको छ । आज केन्द्रीय कमिटी बैठक बसेर ओलीलाई अध्यक्षबाट हटाएर वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने भएको छ ।

नेकपाको प्रचण्ड पक्षनिकट स्रोतका अनुसार माधव नेपाललाई अध्यक्ष बनाएर ओलीको स्थानमा ल्याउने तयारी पूरा भइसकेको छ । उनलाई सर्वसम्मतले अध्यक्ष बनाएर नेकपाभित्र दुई अध्यक्षात्मक प्रणालीलाई यथावत राखिने भएको हो । नेपाल पूर्व एमाले समूहका हुन् ।

यसैगरी, ओली पक्षधरले नयाँ केन्द्रीय कमिटी सदस्य थपेको छ । आज ५ सय ५६ जना केन्द्रीय सदस्य थपेर सपथ समेत गराएको छ ।

नेकपा स्थायी कमिटी सदस्य को कता (सुचीसहित)



प्रतिक्रिया दिनुहोस्