प्रभात सिंहः कोरोना महामारीले विश्वलाई स्तब्द बनाएको छ । महामारीविरुद्वको खोपको आशा विश्वले नै गरिरहेको छ । केही ठूला कम्पनीहरुले खोप उत्पादन गरिसकेको छ । उत्पादन भएको खोपलाई १० वटा देशले प्रयोग गर्ने भएको छ । उक्त देशहरुले आफ्ना नागरिकलाई भ्याक्सिनेशन दिन सुरु समेत गरिसकेको छ ।
अमेरिकाः अमेरिकी खोप उत्पादन कम्पनी फाइजर र जर्मन उत्पादन कम्पनी बायो एन टेकले नोभेम्बरमा आफ्नो अन्तिम चरणको परिक्षणको नतिजा सार्वजनिक गरेका थिए । अमेरिकामा खोपको धमाधम प्रयोग भइरहेको छ । फाइजर कम्पनिको खोप अमेरिकी उत्पादन हो जुन प्रयोगमा ल्याइएको छ । मोर्डनालाई पनि अनुमति दिई आकस्मिक प्रयोगमा ल्याइएको छ । अमेरिकाले डिसेम्बर ११ मा खोप प्रयोग गर्न अनुमति दिएको थियो । अमेरिकाको मार्डनाद्वारा निर्मित खोपको प्रभाव ९४.१ प्रतिशत रहेको बुझिएको छ । मोर्डनाको खोपलाई ६ महिनासम्म २० डिग्रीको तापक्रममा राख्न सकिने छ । दूवै कम्पनीको खोप सुरक्षित र प्रभावकारी भएको कारण यसलाई प्रयोगमा ल्याइएको हो । अमेरिका कोरोना महामारीको अत्याधिक चपेटामा परेको देश रहेको छ ।
रुसः रुसले स्पुतनीक भीलाई ९१.४ प्रतिशत सुरक्षीत र प्रभावकारी रहेको बताइसकेको छ । रुसः रुसले अगस्त महिनादेखि कोरोना विरुद्व खोप प्रयोग गर्दै आएको छ । रुसले अहिलेसम्म अगस्तदेखि करिब एक लाख मानिसलाई खोप लगाइएको छ ।
चीनः डिसेम्बर १८ मा चीनले ५ करोड नागरिकलाई खोप लगाउने जानकारी गराइसकेको छ । चीनले स्वदेशी उत्पादन सिनोफार्म र सिनोभ्याक बायोटेकलाई मान्यता दिएको हो । सैनिक प्रयोगका लागि क्यानसिनो बायोलोजिक्सलाई मान्यता दिएको छ । फेब्रअरी महिना भित्र ५ करोड डोजको उत्पादन गर्ने र प्रयोग गर्ने भएको छ ।
क्यानडाः क्यानाडाले डिसेम्बर ९ मा खोप प्रयोग गर्न अनुमति दिएको थियो ।
स्वीटजरल्याण्डः दूई महिनाको समिक्षा पश्चात शनिबार स्वीट्जरल्याण्डले फाइजरको खोपलाई प्रयोग गर्न अनुमति दिएको हो। स्वीट्जरल्याण्डको मेडिकल निकायले फाइजर कोरोना विरुद्व सुरक्षित र प्रभावकारी भएको कारण प्रयोग गर्न मान्यता लिएको बताएको छ । स्वीट्जरलयाण्डमा फाइजर पहिलो खोप हो जसलाई सरकारले मान्यता लिएको हो । स्वीट्जरल्याण्डले फाइजर संग तीस लाख डोज खरिद गर्ने सम्झौता गरेको छ । त्यससाथै ७५ लाख डोज मार्डनोको खरिद गर्ने र ५३ लाख एस्ट्रेजेनेकासँग खरिद गर्ने भएको हो । यी तीनवटै कम्पनीको खोप प्रत्येक व्यक्ति दूई डोज लगाउनु पर्ने हुन्छ ।
मलेशियाः फाइजर र बायोएनटेकद्वारा निर्मित संयुक्त खोपलाई शनिबार मेलेसियन सरकारले मान्यता दिएको छ । नोभेम्बरमा मलेशियन सरकारले १ करोड २३० लाख डोजको सम्झौता खोप निर्माता कम्पनी संग गरेको छ । अमेरिकन ड्रग मेकरद्वारा निर्मित खोपलाई प्रयोगमा ल्याउन दक्षिण पूर्वी एसियामा मलेसिया पहिलो देश बनेको छ । सन् २०२१ को पहिलो त्रैमासिकमा फाइजरले ज्ञण् लाख डोज मेलेसियालाई दिने भएको छ । त्यसैगरी क्रमस अन्य त्रैमासिकमा पुर्याउने भएको छ । सरकारले अन्य खोप उत्पादन कम्पनी संग समेत खोपको विषयमा कुराकानी गरिरहेको जनाएको छ । मलेशियाको जनसंख्या अनुसारको डोज मलेशियन सरकारले उपलब्ध गराउने छ ।
बेलायतः कोरोना भाइरसविरुद्व खोप प्रयोग गर्न बेलायत पहिलो देश बनेको थियो । डिसेम्बर ८ बेलायतले खोप प्रयोग गर्ने मानयता दिएको थियो । बेलायतले फाइजरलाई मान्यता दिएको हो । फाइजरको पहिलो प्रयोग ९० वर्षीया बृद्व मार्गरेट किननले लगाएकी थिइन् । उनी खोप प्रयोग गर्ने पहिलो व्यक्ति भएकोमा गौवाम्वित महसुस गरेकी थिइन् । बेलायतको अक्सफोर्ड भ्याक्सिन पनि प्रयोगमा आउँदैछ ।
आगामी साता बेलायतमा फाइजरले ८ लाख डोज प्र्याउने छ । खोपको वितरण इङल्याण्डमा ५० अस्पताललाई गरिने छ । २ करोड मानिसका लागि बेलायतले द्ध करोड डोज खरिद गर्ने भएको छ । बेलायतमै निर्मित अक्सफर्ड एस्ट्रेजेनेका पनि कोरोना भाइरसविरुद्व सुरक्षित र प्रभावकारी रहेको जनाइएको छ ।
बहराइनः बेहराइन खोप प्रयोग गर्ने दोस्रो मुलुक बनेको थियो । फाइजरद्वारा निर्मित खोपलाई डिसेम्बर ४ मा सरकारले प्रयोग गर्ने मान्यता दिएको थियो । बेहराइन सरकारले खोप लिने व्यक्तिलाई अनलाइन मार्फत प्री रेजिस्ट्रशन गर्न समेत अुनमति प्रदान गरेको छ । त्यसैगरी सिनोफार्मको खोपलाई बेहराइन सरकारले डिसेम्बर १३ मा अनुमति दिएको थियो । सिनोफार्मले पौराणीक विधीबाट खोप तयार गरेको हो । सिनोफार्मद्वारा निर्मित खोपले कोरोना भाइरसको स्पाइक प्रोटिनलाई मार्न निकै सक्षम रहेको जनाइएको छ ।
क्यानाडाः कोरोना भाइरसको महामारीलाई परास्त गर्न क्यानाडा सरकारले डिसेम्बर १४ मा फाइजरलाई प्रयोग गर्न मान्यता दिएको थियो । फाइजर प्रयोग गर्ने टोरोन्टो अस्पतालका पाचँ स्वाथ्ययकर्मीहरु थिए । डिसेम्बर महिनासम्म क्यानाडाले २ लाख ४९ हजार डोजको खरिद गर्ने सम्झौता गरिसकेको छ ।
सोमबार मात्र क्यानाडाले ३० हजार डोज भित्रायने भएको छ । क्यानाडाले अन्य ६ वटा कोरोना खोप उत्पादक कम्पनीसंग सम्झौता गरेको छ । तीनवटा खोपको समिक्षा भइरहेको जनाइएको छ । मोर्डनालाई क्यानाडा सरकारले छिट्टै मान्यता दिने भएको छ । क्यानाडाले जनसंख्या भन्दा अधिक खोप किन्ने भएको छ । खोपलाई क्यानाडा सकारले अन्य मुलुकलाई प्रदान गर्ने भएको छ ।
मेक्सिकोः कोरोना विरुद्वको खोपलाई मान्यता दिने मेक्सिको चौथौ देश बनेको हो । यसले फाइजरलाई आपत्तकालिन प्रयोग गर्न अनुमति दिएको छ । मेक्सिकोले फाइजरसंग ३ करोड ४४ लाख डोजको सम्झौता गरिसकेको छ ।-Photo: Agency