एजेन्सी, १२ पुस । सौर्यमण्डल बाहिरको दृश्य कस्तो होला ? त्यहाँ के कस्ता घटना भइरहेका होलान् ? विगतमा वैज्ञानिकहरुले अनुसन्धानबाट आँकलन गर्थे । दृश्यहरु कैद गर्न सकेका थिएनन् । तर, अब सौर्यमण्डल बाहिरका दृश्यहरु देखिन थालेको छ । त्यो मानव निर्मित यानले धमाधम कैद गरी पठाएका हुन् जुन पहिलोपटक सौर्यमण्डल बाहिर पुगेका छन् ।
सौर्य मण्डल यसरी अवस्थित छ जहाँबाट प्रकाशको सुरुवात भएको हुन्छ । सौर्य मण्डल पार गरे पश्चात त्यहाँ अन्धकार, खाली र चिसो हुने वैज्ञानिकहरुले बताएका छन् । सन् १९७० मा दूई वटा अन्तरीक्षयान निर्माण गरिएको थियो जसको उद्देश्य सौर्यमण्डल बाहिरसम्म मानव निर्मित वस्तुलाई पठाउने थियो । त्यहाँको खोज तथा अनुसन्धान गर्ने थियो ।
अहिले यानले सौर्य मण्डल भन्दा बाहिर गइ अवलोकन गर्ने र तस्वीर खिच्ने कामलाई निरन्तरता दिन थालेको छ । अन्तरीक्षयानहरु सफलतापूर्वक सौर्य मण्डल बाहिर गइ क्षेत्रको अवलोकन गर्दै तस्वीर खिचिरहेको र डाटा पठाइरहेको जनाइएको छ ।
सौर्य मण्डल भन्दा बाहिर अनौठो क्षेत्र रहेका जसलाई इन्टेसटेलर स्पेसको रुपमा वर्णन गरिएको छ । यसअघि यस्ता प्रकारको मानव निर्मित यान कहिले पनि सौर्यमण्डलबाट बाहिर गएका थिएनन् । यानले पठाएका डाटा अनुसार सौर्य मण्डलको बाहिर अराजक र डरलाग्दो दृश्यहरु र गतिविधिहरु हुने गरेको जनाएको छ ।
त्यस अलौकिक क्षेत्रमा चुम्बकीय क्षेत्रले एक आपसमा सम्बन्ध राख्ने कार्य गरेको एक अर्कालाई धकेल्ने कार्य गरेका विज्ञहरुले आँकलन गरेको छ । जसरी सौर्य मण्डल भित्र रहेको हाम्रो ग्रहले पानीको व्यापकता देखाउँछ त्यसरी नै सौर्य मण्डलको बाहिर ग्याँसको ककटेल, कसमिक रेज र प्लाजमाको कीरणहरु अत्याधिक मात्रामा पाइने गरेको जसले ताराको प्रणलीलाई समय समयमा धवस्त पारिरहेको विज्ञहरुले अनुमान गरेका छन् ।
वैज्ञानिकहरुले विभिन्न विषयहरुलाई प्रकाश पार्दै इन्टेसटेलरको तस्वीरलाई आँकलनको आधारमा बनाइरहेको उल्लेख गरिएको छ । वैज्ञानिकहरुले रेडियो र एक्स रे टेलिस्कोपको मद्दतले निकै समय देखि अवलोकन गरिरहेका छन् । उक्त क्षेत्रमा भारी मात्रामा आयोनाइज्ड हाईड्रोजन ग्याासको उत्पत्ति भइरहेको, अत्याधिक धुलो र कसमिक रे भएको पाइएको उल्लेख गरिएको छ । जसले नयाँ ताराको उत्पत्ति हुन मद्दत पुर्याउँदछ ।
सौर्य मण्डलमा रहेको आँठ वटै ग्रह एक हेलयोस्पेर भित्र रहेर जसलाई थुप्रै अन्य कुराबाट प्रहार हुन रोक्दछ । तर, त्यस बाहिर रहेको क्षेत्र तत्कालपनि निकै रहस्यमय रहेको जनाइएको छ । सौर्य मण्डलको बाहिरी जान दुई स्पेसक्राफ्ट भोएजर १ र भोएजर २ लाई ४० वर्षको समयाअवधी लागेको थियो । अन्तरीक्षयान भोएजर १ ले पृथ्वीको सतहबाट इन्टेसटेलर स्पेसमा सिधै उडान भरेको थियो । उक्त यान २०१२ मा इन्टेसटेलरमा प्रवेश गरेको थियो भने भोएजर २ ले २०१८ प्रवेश गरेको थियो । पृथ्वी देखि इन्टेसटेलरसम्मको दूरी १३ खर्ब माइल रहेको आँकलन विज्ञहरुले गरेका छन् । भोएजरले इन्टेसटेलर स्पेसको अवलोकन गर्दा गर्दै यसले केही माइलको दूरीबाट सूर्यको समेत परिक्रमा गरिरहेको छ । थुप्रै विषयहरुमा वैज्ञानिकहरुले अध्ययन गरिरहेको र अन्य रहस्यमय कुराहरु समेत उजागर हुने छ ।-Photo: Agency