एजेन्सी, १५ पुुस । चीनले अगामी वर्ष २०२१ मा ६ लाख भन्दा बढी फाइभ जी स्टेशन निर्माण गर्नेछ । फाइभ जी स्टेशनको विकास गर्ने विषयको जानकारी चिनियाँ उद्योग तथा सूचना प्रविधिमन्त्रीले सोमबार पत्रकार सम्मेलन मार्फत गराएका हुन् ।
फाइभ जी स्टेशनको निर्माण र प्रयोग पौराणीक तरिकाले मन्त्रालयले गर्ने जनाएको छ । फाइभ जीलाई चीनको मूख्य शहरहरुमा छिट्टै जडान प्रक्रिया सुरु गर्ने समेत जानकारी गराएको छ । फाइभ जी विस्तारको लागि १० वटा उद्योगले काम गर्ने र समय मै फाइभ जीको विस्तार हुने जनाइएको छ । फाइभ जीलाई विकास गर्न तीव्र गति कामलाई अगाडी बढाउने र प्रयोतकर्ता माँझ छिट्टै ल्याउने सुचना प्रविधि मन्त्रीको प्रतिबद्वता रहेको छ ।-Photo: Agency