Logo

यातायात विभागले गर्यो अनलाइन आवेदन बन्द



काठमाडौं, २० पुस । यातायात व्यवस्था विभागले अनलाइन आवेदनमा समस्या आएपछि सर्भर मर्मतका काम भैरहेको जानकारी दिएको छ । आज एक सुचना जारी गर्दै विभागले ग्राहकहरुको असुविधाको लागि माफी समेत मागेको छ ।

‘सवारी चालक अनुमति पत्र अनलाइन फारम सर्भरको मर्मत बन्द गरिएको छ भन्दै असुविधाको लागि क्षमा प्रार्थी छौ,’ विभागले जारी गरेको सुुचनामा उल्लेख गरिएको छ । सेवाग्राहीले आवेदन दिन नपाएको भन्दै गुनासो र आक्रोस पोख्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्