Logo

आज ३२२ संक्रमित थप



काठमाडौं, ५ माघ । नेपालमा कोरोना भाइरसका आज ३ सय २२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६७ हजार ६ सय ४४ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ३ सय ७४ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ६१ हजार ८ सय १८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्