Logo

जरुरी पर्यो भने हामी संसदको बैठक बस्छौं, ओलीलाई कारबाही गर्छौं : प्रचण्ड (भिडिओसहित)



विराटनगर, १६ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहालले जरुरी पर्यो भने आफूहरु संसदको बैठक बसेर केपी शर्मा ओलीलाई कारबाही गर्ने चेतावनी दिएका छन् । आज (शुक्रबार) विराटनगरमा आयोजित सभालाई सम्बोधन गर्दै दाहालले यस्तो चेतावनी दिएका हुन् ।

https://www.facebook.com/prachanda.nepal/videos/115955543754626

उनले भने–‘संसद विघटन गर्ने ओलीको कदम असंवैधानिक छ । हामी सांसदहरु जिउँदै छौं । हामी मरेका छैनौं । हामी जिउँदै छौं । कुनै तानाशाहले मैले मारें भन्दैमा हामी मर्नेवाला छैनौं । सभामुखले बैठकको आयोजना गर्नुहुन्छ, हामी बैठक गर्छौं । केपीलाई कारबाही गर्न सकिन्छ । सर्वोच्च अदालतले सही फैसला गर्छ भन्ने विश्वास छ । त्यही भएर अहिले नै संसद बैठक बसिएको छैन् । जरुरी पर्यो भने हामी बैठक बस्छौं । जनताले श्री ३ हुन चाहनेलाई सहनेछैन् । केही महिनाभित्र नेपाली जनताले धेरै महिना लड्नुपर्नेछैन्, बादशाहलाई खसाल्नेछन् । लोकतन्त्र फेरि ट्रयाकमा आउनेछ ।’



प्रतिक्रिया दिनुहोस्