Logo

उच्च हिमाली भेगमा हल्का हिमपातको सम्भावना



काठमाडौं, माघ १८। पश्चिमी वायुको प्रभावका कारण काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्ने देखिएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसर पश्चिमी वायुको प्रभावका कारण नेपाली आकासमा बादल भरिदै गएकाले देशभरको न्यूनतम तापक्रम घट्दै जाने सम्भावना देखिएको छ ।

हाल काठमाडौं उपत्यकाको आकास सफा रहेकाले न्यूनतम तापक्रममा विहान बेलुका गिरावट आएको छ । विहान बेलुका मौसममा गिरावट आउने भए तापनि उपत्यकामा वर्षा हुने सम्भावना भने नरहेको विभागले जनाएको छ ।

बिहीबार, दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । आगामी २४ घण्टाका लागि देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक र दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका भू–भागमा विहानीपख हुस्सु र कुहिरो समेत लाग्ने सम्भावना छ ।



प्रतिक्रिया दिनुहोस्