Logo

आज १०५ संक्रमित थप, २८८ जना डिस्चार्ज



काठमाडौं, १८ माघ । नेपालमा कोरोना भाइरसका आज १ सय ५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ७० हजार ९ सय ५९ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज २८८ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ६६ हजार ३ सय ३६ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्