Logo

बन्द गराउँदै हिड्ने ७० जना प्रहरी नियन्त्रणमा



काठमाडौं, माघ २२ । नेकपा प्रचण्ड–नेपाल समूहले आज बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको छ। हड्ताल सफल पार्न बिहानैदेखि कार्यकर्ताहरु सडकमा उत्रिएका छन् भने बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन भएका गरिएको छ।

केही ठाउँमा बन्दकर्ता र प्रहरीबीच मुठभेड पनि भएको छ। सडकमा टायर बालेर प्रदर्शन गरेका बन्दकर्ता र प्रहरीबीच ठाउँठाउँमा मुठभेड भएको हो। सडक बन्द गर्दै हिन्ने ७० जनालाई प्रहरीले नियन्त्रणमा लिएको लिएको छ । आन्दोलनकारी लाई प्रहरीले राजधानीका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदीय सुनुवाईविनै संवैधानिक परिषद्ले सिफारिस गरेका संवैधानिक आयोगका पदाधिकारी तथा सदस्यहरु नियुक्त गरेपछि प्रचण्ड –माधव समूहले आकस्मिकरुपमा हड्ताल घोषणा गरेको थियो। शुक्रबार भने केपी ओली समूहले काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ। त्यसका लागि बाहिरी जिल्लाबाट आउने कार्यकर्ता रोक्नका लागि पनि आमहड्ताल गरिएको बताइएको छ।



प्रतिक्रिया दिनुहोस्