Logo

प्रदेश परिवहन सञ्चालन गरिने



जनकपुरधाम, १ फागुन: प्रदेश नं २ सरकारद्वारा फागुन महिनाभित्रै प्रदेश परिवहन सञ्चालन गर्ने गृहकार्य भइरहेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । प्रदेश परिवहन सञ्चालनका लागि प्रदेश सरकारद्वारा रु तीन करोड नौ लाख ८२ हजारमा पाँचवटा बस खरीद गरिसकेको छ ।

सम्मेलनमा भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले प्रदेश परिवहन सञ्चालन सन्दर्भमा कार्यविधि निर्माण कार्य अन्तिम चरणमा रहेको बताए । उनले परिवहन सञ्चालक समिति गठन भइसकेपछि समितिले परिवहन सेवाको भाडा दर निर्धारण गर्ने बताउँदै सरल, सुलभ, सुरक्षित र व्यवस्थित रुपमा सञ्चालन गर्ने कुरामा ध्यान दिइनेछ भने ।-रासस/File photo



प्रतिक्रिया दिनुहोस्