काठमाडौं, फागुन ९ । कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप १० लाख डोज आज काठमाडौं आइपुग्दै छ ।
भारतको राजधानी नयाँ दिल्लीबाट आज दिउँसो १ः३० बजे एयर इन्डियाको विमानमार्फत १० लाख डोज खोप काठमाडौँ आई पुग्न लागेकोस्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्रोतले जनाएको छ । गत बुधबार भारतीय खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग भएको २० लाख डोज खोप किन्ने सम्झौता अनुसार आज १० लाख डोज खोप नेपाल आउन लागेको छ ।
यसअघि गत माघ ८ गते भारत सरकारले अनुदानमा १० लाख डोज खोप उपलब्ध गराएको थियो ।