Logo

राजनीतिक संक्रमण अब लम्बिँदैन् : प्रचण्ड



काठमाडौं, १९ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले अब राजनीतिक संक्रमण धेरै नलम्बिने बताएका छन् । आज कोरोनाविरुद्धको भ्याक्सिन लगाउन सिभिल अस्पताल पुगेका दाहालले मिडियासंग संक्षिप्त प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् ।

उनले यही फागुन २३ गते संसदको अधिवेशन भएकोले २३ गतेपछि सबै राजनीतिक संक्रमण क्लियर हुने पनि विश्वास दिलाए । उनको प्रतिक्रिया थियो,‘अब २३ गतेपछि सवै क्लियर हुन्छ, आवश्यक न्यूनतम समय त लाग्ला । ऐन कानुन नियम अनुसार प्रक्रिया कति समय लाग्छ त्यसबाहेक यो लामो समय जादैन ।’ Photo : M. Kalikote



प्रतिक्रिया दिनुहोस्