काठमाडौं, २० फागुन । काठमाडौंका ३२ वटा वडामा बसोबास गर्ने ५५ वर्ष माथि उमेरका जेष्ठ नागरिकहरु, महाविद्यालयका प्राध्यापकहरु, विद्यालयका शिक्षक÷कर्मचारी र सार्वजनिक यातायातका चालक तथा सह–चालकहरुलाई दोस्रो चरणको कोभिड १९ को खोप आइतबारदेखि लगाउने भएको छ ।
खोप लगाउने सम्बन्धमा काठमाडौं महानगरपालिकाले सुचना मार्फत जानकारी दिएको हो । खोपका लागि विभागले १५ वटा केन्द्र तोकेको छ ।