कैलाली,२० फागुन । जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ परेका छन् । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा घोडाघोडी नगरपालिका–१ सुखड बस्ने १९ वर्षीय प्रलब बुढाथोकीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
प्रलबले ती किशोरीलाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।