Logo

निर्वाचन आयोगमा नेकपा एमाले र माओवादी केन्द्र अरुकै नाममा दर्तामा, अब के होला ?



काठमाडौं, २३ फागुन । सर्वोच्च अदालतले ब्युँताएपनि निर्वाचन आयोगमा यी नामका दुवै दल दर्ता छन् । सन्ध्या तिवारी अध्यक्ष रहेको दल नेकपा एमाले निर्वाचन आयोगमा दर्ता छ । गोपाल किराँती अध्यक्ष रहेको माओवादी केन्द्र दल पनि आयोगमा दर्ता छ ।

एमाले र माओवादी केन्द्र ब्युँतिएको अवस्थामा अब यसअघि दर्ता भएका एमाले र माओवादी केन्द्र खारेज हुने या नहुने बहसको विषय बनेको छ । ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपा दर्ता खारेज नै भएपछि अब पूर्ववत् अवस्थामा पुगेको छ । तर, एमाले र माओवादी केन्द्र एकीकरण भएपछि दर्ता भएका तिवारी नेतृत्वको एमाले र किराँती नेतृत्वको माओवादी केन्द्र के हुने हो भन्ने प्रश्न पनि उठेको छ ।

ओली र प्रचण्डले पुनः पार्टी दर्ता गर्नुपर्ने भएमा चिन्हबारे के हुने हो भन्ने प्रश्न समेत उठेको छ । सुर्य चिन्हमा दुवैको दाबी रहँदै आएको थियो ।



प्रतिक्रिया दिनुहोस्