Logo

नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सुरू



काठमाडौं, २६ फागुन । सत्तारूढ नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो । आजको बैठकमा सरकारलाइ दिएको समर्थन फिर्ता लिनेबारे छलफल हुने बुझिएको छ ।

सर्वोच्च अदालतको पछिल्लो फैसलाअनुसार नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग अलग भएका छन् । हिजो पनि नेकपा (माओवादी केन्द्र) को बैठक बसेको थियो । हिजोको बैठकमा पनि सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने विषयमा नेताहरुले आ–आफ्नो धारणा राखेका थिए ।

हिजोमात्रै अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस, आफ्नो पार्टी र जसपा मिलेर सरकार बनाउने विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । आज अपरान्ह १ बजे संसद् बैठक बस्दैछ ।



प्रतिक्रिया दिनुहोस्