Logo

अनलाइनमार्फत बिदेशी बस्तु तथा सेवा खरिद गर्न ५०० डलरसम्मको प्रिपेड कार्ड जारी गर्न सकिने



काठमाडौं, ९ चैत्र । नेपाल राष्ट्र बैंकले अनलाइनमार्फत बिदेशी बस्तु खरिद भुक्तानी प्रयोजनको लागि ५ सय डलरसम्मको सटही सुविधाको व्यवस्था गरेको छ । बैंकका अनुसार वाणिज्य बैंक र राष्ट्रिय स्तरका विकास बैंकहरुमार्फत सटही गर्न सक्ने व्यवस्था गरेको हो ।

वार्षिक रुपमा ५ सय डलरसम्मको प्रिपेड कार्ड जारी गर्न सकिने र जारी भएको कार्डले ५ सय अमेरिकी डलरसम्मको वस्तु तथा सेवा खरिद गर्न सक्ने बैंकले जनाएको छ । प्रिपेड कार्ड लिन चाहाने व्यक्ति, फर्म, कम्पनी वा संस्थाको बैंक खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरेर कार्ड जारी गर्ने सकिने छ ।



प्रतिक्रिया दिनुहोस्