Logo

राष्ट्र बैंकको सुची सार्वजनिक, बैंकका कर्मचारीलाई ३१ दिन बिदा



काठमाडौं, १३ चैत्र । बैकको कर्मचारीहरुका लागि नेपाल राष्ट्र बैंकले सार्वजनिक विदाको सुची जारी गरेको छ । राष्ट्र बैंकले बिहीबार बैंकका कर्मचारीहरुका लागि शनिबार बाहेक ३१ दिन सार्वजनिक विदाको सुची जारी गरेको हो ।

सुची अनुसार अबदेखि बैंकका कर्मचारीले नयाँ वर्षको पनि विदा पाउने भएको छन् । बैकका कर्मचारीहरुले ५ दिन दशै विदा र ४ दिन तिहारको विदा पाउने भएका छन् । बैकको कर्मचारीहरुले मछिन्द्रनाथको भोटोजात्रा, गाई जात्रा, घोडे जात्रा, इन्द्र जात्रामा पनि विदा पाउने भएका छन् । अन्य धर्म तथा समुदायका चाडपर्वहरुमा पनि १० दिनको विदा पाउने भएका छन् ।

त्यस्तै, गर्मी महिनाको हकमा बैंकहरु आइतबारदेखि बिहीबारसम्म बिहान १० बजेदेखि ५ बजेसम्म र शुक्रबार १० देखि साँढे बजेसम्म खुला रहने भएको छ ।



प्रतिक्रिया दिनुहोस्