Logo

माछापुच्छ्रे बैंकले ल्यायो स्मार्ट डलर कार्ड



काठमाडौं, १४ चैत्र ।  नेपाल राष्ट्र बैंकले हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्डसम्बन्धी परिपत्र अनुसार माछापुच्छ्रे बैंकले एमबिएल स्मार्ट डलर कार्ड संचालनमा ल्याएको छ । बैंकमा खाता भएका ग्राहकले आफ्नो प्यान कार्ड पेस गरि अमेरिकी डलर ५०० बराबरको कार्ड प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

उक्त कार्डमार्फत भारतबाहेक विश्वका अन्य मुलुकबाट वार्षिक अधिकतम अमेरिकी डलर ५०० बराबरको इकमर्स साइट मार्फत अनलाइन भुक्तानी गर्न सकिने छ । आफनो कार्ड मार्फत ग्राहकले एकै पटक वा पटक पटक गरि एक बर्षमा अमेरिकी डलर ५०० बराबर को कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहक माझ ल्याउन कटिवद्ध रहेको बैंकले हालै मात्र नेपाली कर्मसियल बैंकिङ्ग इतिहासमा पहिलोपटक आफ्नै मोवाईल वालेट रेमिट्याप संचालनमा ल्याएको छ भने अन्य डिजिटल सेवाहरु जस्तै मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाता एवं मुद्धति खाता खोल्ने लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरू आफ्ना ग्राहकमाझ ल्याइसकेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्