Logo

प्रचण्डले दिएको पूनरावलोकन निवेदनको सुनुवाई आज, प्रधानन्यायाधीशले राखे आफ्नै इजलाशमा



काठमाडौं, १९ चैत्र । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता बदर गरी एकता अघिकै अवस्थामा एमाले र माओवादी केन्द्र अलग अलग बनाउने सर्वोच्च अदालतको फैसलाविरूद्ध दिएको पुनरावलोकन निवेदनमा आज सुनुवाइ हुने भएको छ ।

उक्त मुद्दा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफ्नै इजलासमा राखेका छन् । उक्त फैसला पुनरावलोकन गर्न स्वीकृति दिने वा नदिने निर्णय आज बस्ने इजलाशले गर्ने जनाईएको छ। उक्त मुद्दाको सुनुवाई प्रधानन्यायाधीश राणा, न्यायाधीशहरू तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले गर्नेछन् । file photo

 



प्रतिक्रिया दिनुहोस्