काठमाडौं, २० चैत्र । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर ११ स्थायी कमिटी सदस्यहरु संयुक्त विज्ञप्ती निकाल्दै अध्यक्ष केपी शर्मा ओलीका पछिल्ला कदमको विरोध गरेका छन् । आज बसेको माधव नेपाल पक्षधर स्थायी कमिटीहरु सदस्यहरुले पार्टीको नवौं महाधिवेशनको मार्गनिर्देशन, त्यसबाट पारित विधान र पद्धती मिच्दै अध्यक्ष ओलीबाट एकपछि अर्को निरंकुश र स्वेच्छाचारी कार्य भैरहेको जनाएका छन् । उनीहरुले ओलीबाट राज्यसत्ताको दुरुपयोग गर्दै तानाशाही लाद्ने दुस्प्रयास भइरहेको पनि निश्कर्ष निकालेका छन् ।