काठमाडौं, चैत २८ । छिमेकी मुलुक भारतको राजधानी दिल्लीमा कोरोना संक्रमण बढेपछि सबै विद्यालयहरु अनिश्चितकालका लागि बन्द गरिएका छन् । दिल्ली सरकारले शुक्रबारदेखि सबै तहका विद्यालय बन्द गर्ने निर्णय गरेको मुख्यमन्त्री अरबिन्द केजरीवालले जानकारी दिएका छन्।
भारतमा पछिल्लो समय एकैदिनमा १ लाख ३१ हजार मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको छ। संक्रमण बढेको बढ्यै भएपछि महाराष्ट्र, दिल्ली, मध्यप्रदेशजस्ता राज्यहरूले विभिन्न प्रतिबन्धहरू लगाएका छन्। नेपालमा पनि कोरोनाको संक्रमण बढेपछि स्वास्थ्य मन्त्रालयले विद्यालय बन्द गर्न सिफारिस गरेको छ।