Logo

उपचारको क्रममा संक्रमितको मृत्यु



वीरगञ्ज, ८ बैशाख । वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमित पुरुषको आज बिहान मृत्यु भएको छ । सर्लाहीको मलङ्गवा–३ निवासी ४२ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या भएका पुरुषलाई वैशाख ७ गते मङ्गलबार अस्पतालमा भर्ना गराइएको र सोही दिन उनको एन्टिजेट किटबाट परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएकोे नारायाणी अस्पतालका कोभिड कोडिनेटर डा सरोज रोशन दासले जानकारी दिए । उनले पुरुष अस्पताल भर्ना हुँदा उनको दुवै फोक्सोमा कडा निमोनिया भएको थियो ।
रासस



प्रतिक्रिया दिनुहोस्