Logo

भारतमा घरभित्र पनि मास्क लगाउन नागरिकलाई आग्रह



एजेन्सी, १३ वेशाख । कोरोना भाइरसको दोस्रो लहर भयावह भएपछि भारत सरकारले आफ्ना नागरिकलाई घरभित्र पनि मास्क लगाउन आग्रह गरेको छ । जथाभावी नहिंड्न र घरभित्र बाह्य व्यक्तिलाई नबोलाउन भनेको छ ।

भारत सरकारको नीति आयोगको स्वास्थ्यतर्फका सदस्य डा. भी के पाउलले परिवारबीच पनि मास्क लगाउन आग्रह गरेका हुन् ।

भारतमा कोरोना भाइरसको दोस्रो लहर भयावह भएपछि रोकथामको कडा उपाय अपनाउन सरकारले भनेको छ । भारतका कतिपय शहरहरुमा लकडाउन घोषणा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्