Logo

दक्षिण कोरियाका राष्ट्रपतिलाई दोस्रो खोप



१७ बैशाख : दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनले शुक्रबार कोरोनाभाइरस विरुद्धको दोस्रो खोप लगाएका छन् । राष्ट्रपति कार्यालय ब्लु हाउसले दिएको जानकारी अनुसार उनले राजधानी सोलमा रहेको जनस्वास्थ्य केन्द्रमा गएर दोस्रो खोप लगाएका हुन् ।

उनले खोपको पहिलो मात्रा भने गत मार्च २३ तारिखमा लगाएका थिए । अमेरिकाको भ्रमणमा निस्कनु अघि उनले दोस्रो मात्रा लगाएर खोपको मात्रा पुरा गरेका हुन् ।
राष्ट्रपति मुनको जनसञ्चार सम्बन्धी वरिष्ठ सचिव चाङ मान होले पत्रकारहरुसँगको अन्तरक्रियाका क्रममा पनि यस बारेमा जानकारी दिएका थिए । उनका अनुसार राष्ट्रपति मुन आगामी मे २१ मा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गर्नेगरी अमेरिका जान लागेका छन् ।-सिन्ह्वा/Photo: Agency



प्रतिक्रिया दिनुहोस्