Logo

कारोना महामारी भयावह बन्दैः नेपालमा युवाहरुमा बढी संक्रमण



काठमाडौं, १९ बैशाख । नेपालमा कोरोना भाइरसको महामारी भयावह बन्दै गएको छ । युवा उमेर समुहमा संक्रमण बढी देखिएको छ ।

आज ७ हजार २ सय ११ जना कोरोना संक्रमित थपिएको मध्ये ३०–३९ वर्ष उमेर समुहको संक्रमितको सख्या बढी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै २०–२९ वर्ष उमेर समुहको संक्रमितको सख्या १७ सय ६७ रहेको छ । यसैगरी, ४०–४९ वर्ष उमेर समुहको संक्रमितको संख्या १२ सय २० रहेको छ ।
मन्त्रालयको अनुसार ५०–५९ वर्ष उमेर समुहको ९ सय ४३ जना आज संक्रमित भएका छन् । त्यस्तै, ६०–६९ वर्ष उमेर समुहको आज ४ सय ८५ जना संक्रमित भएका छन् ।

यस्तै, ७०–७९ उमेर समुहको १८८ जना आज संक्रमित थपिएका छन् । १०–१९ वर्ष उमेर समुहका ४५७ जना संक्रमित आज थपिएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्