Logo

महाराष्ट्रमा एकैदिन ६२ हजार संक्रमित थप, ८५३ जनाको निधन



एजेन्सी, २४ बैशाख । भारतको महाराष्ट्रमा बिहीबार एकैदिन ६२ हजार १९४ जना नयाँ संक्रमित थपिएका छन् भने ८ सय ५३ जनाको संक्रमणबाट निधन भएको छ । हालसम्म भारतमा ४९ लाख ४२ हजार ७३६ जना संक्रमित भएका छन् भने ७३ हजार ५१५ जना ज्यान गुमाइसकेका छन् ।

हालसम्म ४२ लाख २७ हजार ९४० जना संक्रमण मुक्त भएका छन । ६ लाख ३९ हजार ७५ जनाको उपचार भैरहेको एजेन्सीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्