काठमाडौं, २५ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी छ । नयाँ बानेश्वरस्थित् लोत्से हलमा जारी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनेबारे छलफल भएको एक सांसदले जानकारी दिए । उनकाअनुसार सांसदहरुले वर्तमान सरकारलाई विस्थापित गर्नुपर्नेबारे आ–आफ्नो धारणा राखेका थिए ।
कांग्रेस संसदीय दलको बैठक जारी
प्रधानमन्त्री ओलीलाई संसदमा विश्वासको मत लिन नदिने कांगे्रसले यसअघि नै निर्णय गरिसकेको छ । अब आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउनुपर्नेबारे सांसदहरुले धारणा राखेका थिए ।
माधव नेपाल पक्षधर सांसदहरुले तत्काल राजीनामा नदिने, यस्तो छ नयाँ रणनीति
सभापति शेरबहादुर देउवाले पनि अविश्वासको प्रस्ताव ल्याउनेबारे अन्य दलसँग छलफल जारी रहेको कुरा ब्रिफिङ गरेका थिए । बैठक चल्दै गर्दा सभापति देउवा भने अन्य दलसँग छलफल गर्न भनेर एकछिन बाहिरिएका छन् । सभापति बाहिरिएपनि बैठक भने जारी छ । File Photo/ReportersNepal