Logo

शनिबार ८ हजार ४१८ जनामा संक्रमण पुष्टि



काठमाडौं, २५ बैशाख । आज नेपालमा कोरोना भाइरसका ८ हजार ४ सय १८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ३ लाख ८५ हजार ८ सय ९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ३ हजार ७० जना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ९८ हजार ७ सय ६५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्