Logo

राजीनामा दिनेबारे टुंगो लगाउन नेपाल पक्षको स्थायी कमिटीको बैठक बस्दै



काठमाडौं, बैशाख २६ । नेकपा एमालेको माधवकुमार नेपाल पक्षको स्थायी कमिटीको बैठक बस्न लागेको छ । राजीनामाको विषयलाई लिएर बैठक डाकिएको स्रोतले जनाएको छ । दिउँसो चार बजे बस्ने तय भएको बैठकले सामूहिक या छुट्टाछुट्टै राजीनामा दिने भन्नेबारे टुंगो लगाउने छ ।

नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई निरन्तरता दिनुभन्दा राजीनामा दिनु उपयुक्त हुने भन्दै शनिबार सामुहिक राजीनामा दिने निष्कर्ष निकालेको थियो । नेपाल पक्षका प्रत्यक्ष तर्फबाट निर्वाचित कम्तीमा २४ सांसदले राजीनामाको तयारी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्