Logo

थोरै तथा मध्यम आय भएका मुलुकलाई युरोपेली संघले दश करोड डोज खोप उपलब्ध गराउने



ब्रसेल्स, जेठ ८ । युरोपेली संघले थोरै तथा मध्यम आय भएका मुलुकहरुका लागि दश करोड खोप उपलब्ध गराउने भएको छ ।

कोरोनाभाइरसको महामारीमा परेका ती देशहरुलाई महामारीविरुद्ध लड्न सघाउने गरी कोरोनाभाइरस विरुद्धको खोप संघले दिने भएको हो । युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयेनले सो खोप ती देशहरुलाई यस बर्षको अन्त्य सम्ममा उपलब्ध गराइने निर्णय भएको जनाएका छन् ।

विश्व स्वास्थ्य सम्मेलनलाई सम्वोधन गर्दै उनले यो प्रारम्भीक सहयोग मात्रै हुने र थप सहयोग पनि गर्न सकिने बताएका छन् । यसैबीच सोहि सम्मेलनमा बोल्दै चिनियाँ राष्ट्रपति सी जिन्पिङ्गले आफ्नो क्षमताले भ्याए सम्म विश्व का राष्ट्र हरुलाई खोप उपलब्ध गराउने बताए। चीनले हाल सम्म ३० करोड खोप विभिन्न रास्ट्रहरुलाइ दिएको पनि उहाले बताए ।



प्रतिक्रिया दिनुहोस्